हिन्द महासागरीय मुलुकसँग सहकार्य गर्न नेपाल तयार : परराष्ट्रसचिव पौड्याल
nayapatrikadaily.com · Sun Dec 05 16:41:00 GMT 2021
परराष्ट्रसचिव भरतराज पौड्यालले हिन्द महासागरको शान्ति र स्थिरता नेपालका लागि पनि महत्वपूर्ण रहेको बताएका छन् । पारिस्थितीय प्रणाली, अर्थतन्त्र र महामारीसम्बन्धी चुनौतीहरूको सामना गर्न नेपाल हिन्द महासागर क्षेत्रका सबै देशहरूसँग मिलेर काम गर्न तयार रहेको पनि उनको भनाइ छ ।
पाँचौँ हिन्द महासागरीय सम्मेलनलाई युएईको राजधानी अबुधावीमा आइतबार सम्बोधन गर्दै परराष्ट्रसचिव पौड्यालले नेपालजस्तो भूपरिवेष्ठित देशका लागि पनि हिन्द महासागर अधिकांश बाह्य व्यापारको लागि जीवनरेखा भएको उल्लेख गरेका छन् । उनले भने, ‘हिन्द महासागरमा शान्ति र स्थिरता हामी सबैका लागि महत्वपूर्ण छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)