भोटेकोशी बाढीको ४४ दिनपछि पैरेबेँसी–शान्तिबजार तुइन सञ्चालनमा
lokaantar.com

गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावत सहज बनाउन आजदेखि पैरेबेँसीबाट नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित शान्तिबजार जोड्ने गरी तुइन सञ्चालनमा ल्याइएको छ।
बाढीले आवागमन ठप्प भएपछि उत्तरगया–१, २ र ३ का बासिन्दा लामो समयदेखि यातायातको पहुँचबाट वञ्चित भएका थिए। तुइन सञ्चालनमा आएसँगै स्थानीयको दैनिक आवतजावत र खाद्यान्न ढुवानीमा केही सहजता थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)