मलेसियाको भ्रष्टाचार विरोधी आयोगले किन खोज्दै छ दुई नेपाली युवा ?
rajdhanidaily.com · Thu Aug 28 23:30:04 GMT 2025

काठमाडौँ । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदारलाई त्यहाँको भ्रष्टाचार विरोधी आयोग(एमएसीसी)ले ‘मस्ट वान्टेड’ सूचीमा राखेर खोजी गरेको छ। मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी) ले भ्रष्टाचार मुद्दाको अनुसन्धानमा सहयोग गर्न दुई नेपाली पुरुषहरूलाई खोजी गरिरहेको जनाएको छ।
एमएसीसीले एक विज्ञप्ति जारी गर्दै अम्बर बहादुर उर्फ मिजार र अम्मर बहाद सिंहलाई ‘मस्ट वान्टेड’ को सूचीमा राखेर खोजीकार्य गरिरहेको जनाएको छ। उनीहरुको अन्तिम ठेगाना प्लेटिनम स्प्लेन्डर रेसिडेन्सी, जालान सेमारक, क्वालालम्पुरमा रहेको समेत एमएसीसीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)