बजारमा सेन्चुरी चाउचाउ सर्बत्र उपलब्ध, भाटभटेनी सुपरमार्केटमा नयाँ स्वादको अनुभव लिन सकिने
annapurnapost.com · Thu Oct 08 14:22:49 GMT 2026

काठमाडौं : सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित गर्दै सेन्चुरी चाउचाउको बजारमा ल्याएको छ। लामो समयदेखि मसला तथा स्न्याक्स उत्पादनमार्फत आफ्नो छुट्टै पहिचान बनाएको सेन्चुरी ब्रान्डले अब तयारी चाउचाउको बजारमा पनि उपस्थितिलाई थप सशक्त बनाउने रणनीति अघि सारेको हो।
कम्पनीका अनुसार नेपाली उपभोक्ताको स्वाद, रुचि र बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर नयाँ स्वादको नडल्स विकास गरिएको हो। व्यस्त जीवनशैलीका कारण छिटो र सहज रूपमा तयार हुने खाद्य पदार्थको माग बढिरहेका बेला गुणस्तरीय तथा फरक स्वादको उत्पादन उपलब्ध गराउने उद्देश्यले नयाँ चाउचाउ बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)