अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध, ट्रम्पले जारी गरे कार्यकारी आदेश
onlinekhabar.com · Fri Aug 07 00:59:08 GMT 2026

२२ साउन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयासलाई नयाँ स्वरूपमा अघि बढाएका छन् । अमेरिकी सर्वोच्च अदालतले केही साताअघि उनको अघिल्लो प्रयास असंवैधानिक ठहर गर्दै रोक लगाएपछि ट्रम्पले बिहीबार दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
नयाँ आदेशमध्ये पहिलोले अमेरिकामा जन्मिएका केही शिशुले स्वत: अमेरिकी नागरिकता नपाउने अवस्थाको दायरा विस्तार गरेको छ । दोस्रो आदेशले ‘बर्थ टुरिजम’ अर्थात् बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)