तेस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्काले अस्ट्रेलियालाई ६ विकेटले हरायो
Ujyaaloonline.com · Mon Jun 20 00:43:03 GMT 2022
काठमाण्डाै - तेस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्काले अस्ट्रेलियालाई ६ विकेटले हराएको छ । २ सय ९२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ४८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
श्रीलङ्काका लागि पाथुम निस्सानकाले १ सय ३७ रनको शतकीय पारी खेले । यस्तै, कुशल मेन्डिसले ८७ रन, निरोशन डिक्कवेला र धनन्जय डी सिल्भाले समान २५/२५ रन बनाए भने चरिथ असलङ्काले १३ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)