मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लघुवित्त पीडितको सरकारसँग ७ बुँदे माग, सम्बोधन नभए असारदेखि आन्दोलन गर्ने चेतावनी

arthadabali.com · Mon Jun 08 11:48:27 GMT 2026

काठमाडौँ / लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालद्वारा ७ बुँदे माग सम्बोधन नगरे असार दोस्रो हप्ताबाट आन्दोलन गर्ने जनाएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी अबको संघर्ष राष्ट्र बैंक विरुद्ध केन्द्रीत हुनेसमेत जनाएको छ ।

आन्दोलनका अध्यक्ष रमेश सेन्चुरीले लामो समयसम्म लड्दा पनि सरकारले वित्तीय पीडितका मागहरु सम्बोधन नगरेकाले आफूहरुले नयाँ आन्दोलनका कार्यक्रम गर्न लागेको बताए । आफूहरुका मागहरु सम्बोधन हुँनै लाग्दा नेपाल राष्ट्र बैंकले अवरोध गरेको बताउँदै भने, ‘राष्ट्र बैंक लघुवित्त तथा वित्तीय माफियाहरुको मतियार बनेको छ, यस विषयमा सोच्ने बेला आएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)