वीरगञ्जका मेयर राजेशमानसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, मेयर स्वतः निलम्बित
corporatenepal.com · Mon Jun 08 11:46:04 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित ७ जनाविरुद्ध नागरिकता प्रमाणपत्र प्राप्तिका लागि झुट्टा विवरण पेश गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भ्रष्टाचार मुद्दा दर्तासँगै सिंह स्वतः निलम्बित भएका छन् । आयोगका अनुसार प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा सिंहले अर्की महिलाको छोरीलाई आफ्नै छोरी देखाएर जन्मदर्ता र नागरिकता प्रमाणपत्र बनाएको भेटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ
राजेशमान सिंह
अख्तियार दुरुपयोग अनुसन्धान आयोग