लिटमस इन्डस्ट्रिजलाई उद्योग परिसंघद्वारा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान
clickmandu.com · Mon Jun 08 11:51:43 GMT 2026

काठमाडौं । लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औं वार्षिक साधारण सभामा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको छ । उक्त सम्मान सिएनआईका सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडलाई प्रदान गरिएको हो ।
यो उपलब्धिले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रति लिटमसको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। नेपालको औद्योगिक क्षमतालाई थप सुदृढ बनाउँदै, निर्यातको दायरा विस्तार गर्दै तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने लिटमसको प्रयासलाई यस सम्मानले थप पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)