मधेशमा देखिनै छाडे गिद्ध
ekantipur.com · Sat Aug 05 01:07:08 GMT 2023
रौतहट — यहाँको वृन्दावन नगरपालिका–४ का ७६ वर्षीय सियाराम साहले बाल्यकालमा गाउँ नजिकको सडकमा हूलका हूल गिद्ध देख्थे । त्यसबेला गाउँलेले मरेका पशु सडक छेउमै फाल्थे । सिनो खान गिद्धको हूल आउँथ्यो । तर, अहिले गिद्ध देखिनै छाडेको उनले बताए । वातावरण र मौसमको प्रतिकूलताले गिद्ध बिस्तारै हराउँदै गएको उनको अनुभव छ ।
‘हामी सानै छँदा गिद्धको हूल देखिन्थ्यो । पशुको सिनो खान आकाशमा फन्को लगाएर सडक र खेतको आलीभरि बस्थे,’ उनले भने, ‘अहिले कतै देखिँदैनन् । बासस्थान र सिनो हराएसँगै गिद्ध पनि हराए ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)