पिकअप दुर्घटनामा २ जनाको मृत्यु
annapurnapost.com · Wed May 03 17:18:38 GMT 2023
विराटनगर : मोरङको लेटाङ नगरपालिका-७ भिरिङखामा बुधबार साँझ पिकअप गाडी दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ। मृतकमध्ये १ जना वृद्ध पुरुष छन्। दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन्। घाइतेको धरानमा उपचार भइरहेको छ।
भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १-०२-००१ ज ३९५३ नम्बरको पिकअप दुर्घटनामा परेको जानकारी साँझ ५:३० बजेतिर प्राप्त भएको प्रहरीले जनाएको छ। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली (बिक) र पिकअपमा सवार लेटाङ-३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)