अमेरिकाको हतियार भण्डार रित्तिएको समाचार ‘झुटो’ भएको ट्रम्पको दाबी
kendrabindu.com · Fri Aug 07 01:52:10 GMT 2026

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशसँग पर्याप्त गोला बारुद रहेको दाबी गरेका छन्। इरानसँगको युद्धमा अमेरिकाको हतियार भण्डार रितिँदै गएको रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पले बिहीबार यसको खण्डन गरेका हुन्।
साथै उनले त्यस्तो झुटो जानकारी दिनेलाई कडा कारबाही र लामो जेल सजाय हुने चेतावनीसमेत दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा संयुक्त राज्य अमेरिकासँग ‘ठुलो मात्रामा गोला बारुदको प्रशस्त भण्डार, विशेष गरी निश्चित प्रकारका हतियार’ रहेको दाबी गरेका छन्। यद्यपि उनले यस विषयमा कुनै विवरण दिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)