चेतनसत्ता त्यो व्याप्त सत्ता
hamrakura.com · Tue Nov 08 00:00:00 GMT 2022
काठमाडौं । चेतनसत्ता रहस्यहरूको रहस्य हो, जसको उद्घाटन गुरुनानक जस्ता रहस्यवादी सन्तले गरेका थिए। जपु जी (पुस्तक) उनको अनुभवले सिचिएको परम आनन्द एवं ज्ञानको अभिव्यक्ति हो । जसले जाने उनीहरूले नभनि पनि भने, अशब्दलाई शब्दहरूद्वारा इशारा गरे। परमज्ञान लाटोलाई गुड जस्तो हो, चाहे ऊ बोल्न नसके पनि आफ्नो हाव-भावद्वारा आफ्नो आनन्दलाई दर्शाउँछ। उस्तै, त्यो परमसत्ता जसलाई गुरुनानक अकालपुरुष भन्छन्, को अनौठो पाराले ‘जपु जी' मा स्तुति गरेका छन् अनि महिमा गाएका छन् ।
गुरुनानक देव भन्छन् ,'चेतनसत्ता त्यो व्याप्त सत्ता हो, त्यो शाश्वत चैतन्य विधान हो जसले समस्त ब्रह्माण्डलाई शासित गर्छ, प्रकट गर्छ, चलाउँछ, फेरि आफुमा समेटछ।' अकालपुरुषको त्यहि शाश्वत चैतन्य शक्ति-विधानलाई गुरुनानक देव हुकुमको रुपमा परिभाषित गर्दछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)