बाढीपहिरोले दर्जनबढी सडक अवरुद्ध
kendrabindu.com · Fri Aug 07 02:06:59 GMT 2026

काठमाडौं । वर्षाका कारण देशका विभिन्न ठाउँमा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएका जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६:०० देखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४:०० देखि बेलुका ६:०० बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)