मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विकासमा किन उदासीनता ?

rajdhanidaily.com · Sun Nov 14 23:17:48 GMT 2021

सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका विकास योजनामा ध्यान नदिँदा विकास प्रक्रिया निकै सुस्त देखिएको छ । राष्ट्रिय प्राथमिकता आयोजनाका रूपमा रहेको नागढुंगा नौबिसे सुरुङमार्गको काममा सरकारले उदासीनता देखाउँदा सो आयोजना ठप्प जस्तै बनेको छ । यसो देशका विभिन्न स्थानमा रहेका प्राथमिकता प्राप्त विकास आयोजनाको गति पनि शून्य अवस्थामा पुगेको छ । यसले वर्तमान गठबन्धन सरकार मुलुकको विकास र समृद्धिप्रति संवेदनशील नभएको प्रस्ट देख्न सकिन्छ जुन निकै दुर्भाग्यपूर्ण हो । अघिल्ला सरकारले सुरु गरेका विकास आयोजना र कार्यक्रमलाई वर्तमान सरकारले पूर्वाग्रहको आधारमा रोक्ने जस्तो मूर्खतापूर्ण कार्य गरेको छ जसले सरकार आफैं अलोकप्रिय हुने निश्चित छ ।

वर्तमान सरकारले सुशासन र विकासमा खासै ध्यान पु¥याउन नसकेपछि आमजनतामा सरकारप्रतिको विश्वास र भरोषामा निकै कमी हुँदै जान थालेको छ । सरकारले जनताको हितलाई सर्वोपरि मानी पारदर्शी, स्वच्छ, सक्षम, प्रभावकारी, उत्तरदायी, निष्पक्ष र विधिसम्मत शासन सञ्चालन गर्न सकेको छैन । प्रधानमन्त्री र मन्त्रीहरूमा कसरी देश र जनताको हित गर्नेभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने भन्ने प्रवृत्ति हावी हँुदै जान थालेको छ । सबैभन्दा ठूलो समस्या भनेकै शासक प्रशासकमा जिम्मेवारी र जवाफदेहिता लिने परिपाटी नै बस्न सकेको छैन । विकास र समृद्धि’bout सोच्ने फुर्सद छैन तर राज्यकोषको रकम दुरुपयोग गर्ने विषयमा भने उनीहरू बेफुर्सदिलाजस्ता देखिन्छन् । राज्यको ढुकटीबाट खर्च गर्दा यसबाट कसरी किफायती गर्न सकिन्छ कसरी थोरै खर्च गरेर धेरै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सोच राख्नेहरू नै कम छन् । खर्च गर्ने पदाधिकारीमा त्यस्तो सोच आउन नसके समस्या सिर्जना हुन सक्छ । खर्च गर्नुभन्दा अघि १० पटक सोच्नुपर्छ । यो ठीक छ कि छैन यसले राम्रो उपलब्धि दिन्छ कि दिँदैन भनेर गम्भीरतापूर्वक सोच्नुपर्छ । त्यसैगरी विकास आयोजना सञ्चालन गर्दा नातागोता र सोर्सफोर्सको आधारमा होइन कि आवश्यकता र औचित्यताको आधारमा सञ्चालन गर्नुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)