मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
nagariknews.nagariknetwork.com · Fri Aug 07 02:13:46 GMT 2026

जनकपुरस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा चार करोड ३८ लाख भुरा उत्पादन गरेको छ।
केन्द्रका प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार आर्थिक वर्ष २०८२-८३ मा केन्द्रले चार करोड ३८ लाख ह्याचलिङ, ३२ लाख फ्राइ भुरा, १३ लाख ८२ हजार फिङ्गरलिङ तथा दुई हजार ५३ किलो खाने माछा उत्पादन गरी बिक्री वितरण गरेको हो। भुरा बिक्रीबाट रु ३४ लाख ३५ हजार ५३६ आम्दानी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)