तस्बिरमा नवौं राष्ट्रिय खेलकुद समापन समारोह
ekantipur.com · Thu Oct 20 16:41:44 GMT 2022
काठमाडौँ — पोखरा गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद ६ हजार १२७ खेलाडीको प्रतिस्पर्धासँगै बिहीबार सकिएको छ । ३८ खेलमा सर्वाधिक १७२ स्वर्ण जित्दै नेपाल आर्मीले नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी कब्जा गर्यो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा आयोजित समापन समारोह भव्य रह्यो । १० औं राष्ट्रिय खेलकुद २०८१ मा कर्णाली प्रदेशमा आयोजना गर्ने गरी नवौं संस्करण सम्पन्न भयो ।
प्रकाशित : कार्तिक ३, २०७९ २२:२६
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)