आफन्त नजिक नहुँदा ‘कुरुवा संकट’
nagariknews.nagariknetwork.com · Fri Aug 07 02:33:54 GMT 2026
वीर अस्पतालको न्युरो वार्डमा भर्ना भई उपचाररत छन् रोल्पाका बुद्धिराम परियार। बाटोमै बेहोस भएपछि उनलाई वीर अस्पताल पुर्याइएको हो। उपचारमा संलग्न चिकित्सक डा. सुनिल कोइरालाका अनुसार उनमा मस्तिष्क ज्वरो (मेनेन्जाइटिस) को संक्रमण छ। भक्तपुरमा अस्थायी बसोबास गरी मजदुरी गर्दै आएका उनलाई साथीभाइले अस्पताल पुर्याएका हुन्।
सानैमा पिताको मृत्यु भएको र आमा पनि वृद्धा भइसकेको हुँदा परियारको हेरचाहमा खटिने कोही छैनन्। भारतमा रोजगारीका क्रममा दाजुको मृत्यु भइसकेको छ भने पत्नीले पनि छाडेर विदेश गएपछि उनी एक्ला भएका हुन्। सुरुमा साथीभाइ बसे पनि अहिले बहिनीज्वाइँ कुरुवा बसेका छन्। ज्वाइँ गनबहादुर परियार पनि धेरै दिन बस्न सक्ने अवस्थामा छैनन्। ज्यामी काम गर्दै आएका परियारको आर्थिक अवस्था कमजोर छ। त्यसैले उपचारका लागि आवश्यक औषधि किन्न र परीक्षण गर्न उनले नसकेको वार्डका नर्सहरूले बताए। ‘अस्पतालको क्रिस्टिना (विपन्नलाई औषधि वितरण गर्ने संस्था) बाट औषधि दियौं, अरू किन्नलाई पैसा छैन। पूरा डोज औषधि नभए मेनेन्जाइटिस निको हुन्न,’ वार्डकी नर्स सम्झना श्रेष्ठले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)