राष्ट्रिय सभाको बैठक सर्यो
nepalviews.com · Fri Aug 07 02:59:05 GMT 2026

काठमाडौं । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको छ। विशेष कारणवश आज शुक्रबारका लागि तय गरिएको बैठक स्थगित गरिएको हो।
साउन २२ गते शुक्रबार अपराह्न १:१५ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अब साउन २७ गते बुधबार अपराह्न १:१५ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्षले बैठकको नयाँ मिति र समय तोकेको सूचनामा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)