कालीमाटी बजारमा तरकारीको मूल्य : गोलभेडा ३० देखि ७० रुपैयाँ, स्याउ प्रतिकिलो २८० रुपैयाँसम्म
aarthiknews.com

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो टनेल गोलभेडा ३० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ४८ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३० रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ५४ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)