ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
clickmandu.com · Fri Jun 26 02:07:24 GMT 2026

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख ७९ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०, सङ्केत बत्ती उल्लंघनकर्ता १२३ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १६० जनालाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)