बर्दिबासमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको ९औँ महाधिवेशन
ratopati.com · Thu Oct 08 16:38:12 GMT 2026

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन महोत्तरीको बर्दिबासमा सुरु भएको छ । महाधिवेशनको मधेस प्रदेशका सभामुख रामआशिष यादवले उद्घाटन गरेका हुन् ।
उद्घाटन पछि बोल्दै सभामुख यादवले लोक तथा दोहोरी गायक गायिकाले कला संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा आयोजित महाधिवेशन उद्घाटन सत्रमा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्षहरू प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पङ्गेनी, निवर्तमान अध्यक्ष रमेश बिजी तथा वरिष्ठ लोक गायक एवं चलचित्र निर्देशक नारायण रायमाझी, लोकसम्राट राजु परियार लगायत थुप्रै आएका स्रष्टा–कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)