विश्वकप लक्षित नेपाल टेलिकमको विशेष प्याकेज
nepalpress.com · Mon Jun 08 12:03:29 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै FIFA World Cup 2026 TV ‘Package’ उपलब्ध गराउने भएको छ ।
विश्व खेलकुदको महाकुम्भ FIFA World Cup 2026 लाई मध्यनजर गर्दै FIFA World Cup 2026 TV ‘Package’ उपलब्ध गराउने भएको हो । यस अन्तर्गत सम्पूर्ण IPTV ग्राहकहरूले ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नु हुनेछ ।
NTTV ग्राहकहरूले आफ्नो टेलिभिजन सेट मार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ । उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्नासाथ एउटा OTP प्राप्त हुनेछ । सो OTP टीभी स्क्रिनमा Enter गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्त सुचारु हुनेछ । साथै, नजिकको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिने छ ।
आगामी जेठ २६ देखि साउन ३ सम्म वार्षिक १०० Mbps वा सोभन्दा बढी गतिको Internet with Premium IPTV package नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० Mbps भन्दा मुनिको प्याकेजबाट १०० Mbps वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरूले FIFA World Cup 2026 ‘TV Package’ बोनसको रूपमा निःशुल्क प्राप्त गर्न सक्नु हुनेछ । उक्त बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *1416# डायल गर्न सक्नु हुनेछ ।
नेपाल टेलिकम आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि र खेलकुदको उत्कृष्ट मनोरञ्जन प्रदान गर्न सदैव प्रतिबद्ध छ । थप जानकारीका लागि नेपाल टेलिकमको नजिकैको ग्राहक सेवा केन्द्र वा आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालहरुमार्फत सम्पर्क गर्न सकिनेछ ।
Kathmandu. Nepal Telecom is going to provide the FIFA World Cup 2026 TV 'Package' targeting the upcoming FIFA World Cup 2026.
In view of the upcoming FIFA World Cup 2026, the FIFA World Cup 2026 TV 'Package' will be made available. Under this, all IPTV customers will be able to purchase the package for Rs 999 and watch the exciting matches of the World Cup live.
NTTV customers will receive a separate entry screen on their television set as soon as they select the Himalaya Sports channel. On that screen, they will receive an OTP by entering their Nepal Telecom prepaid or postpaid mobile number. After entering that OTP on the TV screen, Rs. 999 will be deducted from the customer's mobile balance and the package will be activated immediately. In addition, the package can also be activated from the nearest Nepal Telecom customer service center.
Customers who connect, renew, or upgrade from a package below 100 Mbps to a package above 100 Mbps with an annual speed of 100 Mbps or more with Premium IPTV package from the upcoming 26th of Jestha to 3rd of Shrawan will be able to receive the FIFA World Cup 2026 'TV Package' as a free bonus. To receive the bonus package, customers can dial *1416# from their mobile.
Nepal Telecom is always committed to providing its customers with high-quality technology and the best entertainment in sports. For more information, you can contact Nepal Telecom's nearest customer service center or through the official website or social media.
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)