कपिलवस्तु (तिलौराकोट) गोल्डकप : संकटालाई पराजित गर्दै थ्री स्टार फाईनलमा
rajdhanidaily.com · Sun Mar 02 23:16:13 GMT 2025
कपिलवस्तु । थ्री स्टार एफसी ललितपुरले दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा स्थान बनाएको छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसीलाई १−० गोलले पराजित गर्दै थ्री स्टार फाईनलमा प्रवेश गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा थ्री स्टारका मुकुन्द कुमार निउरीले ७७औँ मिनेटमा गोल गर्दै टिमलाई १−० को अग्रता दिलाए। मुकुन्दको गोलपछि पनि संकटाले गोलको केही अवसर पाएको भए पनि ती अवसरलाई गोलमा परिणत गर्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)