बेनी–जोमसोम सडकः पोखरेबगर पुलको पहुँचमार्ग जोडियो
gorkhapatraonline.com · Thu Oct 08 16:50:59 GMT 2026

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि झण्डै दुई सातादेखि अवरुद्ध रहेको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकको पोखरेबगरस्थित पक्की पुलमा पहुँचमार्ग निर्माण सम्पन्न भएसँगै बिहीबार साँझदेखि हलुका सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिएको छ ।
पहुँचमार्ग जोडिएपछि आयोजनाले सडकको सतह मिलाउने र बाँकी काम सम्पन्न गरी सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ । यही असोज ८ गते देखि ११ गते सम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ पोखरेबगर र वडा नम्बर २ भुरुङतातोपानी जोड्ने पक्की पुलको एप्रोच सडक बगाएपछि पुल पूर्णरुपमा बन्द भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)