टेलिकमको ‘फिफा विश्वकप २०२६ टिभी प्याकेज’ र आकर्षक बोनस अफर
kalakarmi.com · Mon Jun 08 12:02:22 GMT 2026

काठमाडौं– नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘फिफा वर्ल्डकप २०२६ टिभी प्याकेज’ उपलब्ध गराउने भएको छ । विश्व खेलकुदको महाकुम्भ फिफा विश्वकप २०२६ लाई मध्यनजर गर्दै आईपीटिभी ग्राहकहरूका लागि फिफा विश्वकप २०२६ टिभी प्याकेज’ उपलब्ध गराउने भएको हो ।
यस अन्तर्गत सम्पूर्ण आईपीटिभी ग्राहकहरूले ९९९ रुपैयाँमा उक्त प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।
एनटिटिभी ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ । उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड अथवा पोस्टपेड मोबाइल नम्बर राख्नासाथ एउटा ओटीपी प्राप्त हुनेछ । उक्त ओटीपी टीभी स्क्रिनमा इन्टर गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्त सुचारु हुनेछ । साथै, नजिकको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिने छ ।
आगामी जेठ २६ देखि साउन ३ सम्म वार्षिक एक सय एमबिपीएस अथवा त्यसभन्दा बढी गतिको इन्टरनेट विद प्रिमियम आईपीटिभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा एक सय एमबिपीएसभन्दा मुनिको प्याकेजबाट एक सय एमबिपीएस अथवा त्यसभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरूले फिफा वर्ल्डबकप २०२५६ टिभी प्याकेजु बोनसको रूपमा निःशुल्क प्राप्त गर्न सक्ने छन् । उक्त बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *1416# डायल गर्न सक्नेछन् ।
नेपाल टेलिकम आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि र खेलकुदको उत्कृष्ट मनोरञ्जन प्रदान गर्न सदैव प्रतिवद्ध रहेको जनाएको छ । थप जानकारीका लागि नेपाल टेलिकमको नजिकैको ग्राहक सेवा केन्द्र वा आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालहरुमार्फत सम्पर्क गर्न सकिने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)