१२ कक्षा पासलाई विदेश जान रोक्नुपर्छ, नेपालमै श्रमशक्तिको आवश्यक छ : अर्थमन्त्री
baahrakhari.com · Wed Sep 13 17:57:32 GMT 2023
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने पद्धतिको विकास भएको भन्दै सरकारले रोक्ने अभियान चलाउनुपर्ने बताए ।
महतले विदेशमा गएपछि सबै समस्या हल हुने गरी शैक्षिक परामर्श केन्द्रहरूले प्रचार गरेको पनि बताए । आफू पनि विदेशमा बसेर आएकाले विदेशमा भनेको जस्तो सहज अवस्था नभएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)