पुरानै नेता र विचारलाई रंगरोगन गरेर मात्र नयाँ युगको आवश्यकता पूर्ति गर्ने पार्टी बन्दैन : डा भट्टराई
ratopati.com · Fri Aug 07 03:51:20 GMT 2026

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पुरानै नेता, विचार, प्रणालीका विभिन्न चिराहरूलाई रंगरोगन गरेर मात्र नयाँ युगको आवश्यकता पूर्ति गर्ने पार्टी नबन्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'यतिवेला देशमा पुनः एकपटक राजनीतिक दलहरूबिच विघटन र पुनर्गठन अथवा विनिर्माण र निर्माणको नयाँ चक्र चल्न थालेको अनुभूत हुँदै छ। त्यो स्वाभाविक र अनिवार्य कुरा हो। किनकि प्रकृति, समाज र विचार (पार्टी) को उद्विकासको आधारभूत नियम नै त्यही हो। परन्तु खालि पुरानै नेता, विचार, प्रणालीका विभिन्न चिराहरू घाेलमेल गरेर र नयाँ रंगरोगन गरेर मात्र नयाँ युगको आवश्यकता पूर्ति गर्ने नयाँ पार्टी बन्दैन।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)