मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मारिउपोलमा जित हासिल गरेकाे पुटिनको दाबी

baahrakhari.com · Thu Apr 21 22:45:00 GMT 2022

कीभ । युक्रेन–रुस युद्ध नयाँ चरणमा प्रवेश गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीवार युक्रेनमा युद्धको सबैभन्दा ठुलो लडाइँमा विजयी भएको दाबी गरेका छन् । पुटिनले करिब दुई महिनाको घेराबन्दी पछि मारिउपोलको बन्दरगाह ‘मुक्त’ भएको घोषणा गर्दै लडाइँ जितेको दाबी गरेका हुन् । यद्यपि, अझै पनि सैयौँ युक्रेनी सैनिकहरू स्टिल कारखानामा लुकेर बसेका छन् ।

पुटिनले बिहीवार नै स्टिल कारखानामा आक्रमण गर्न आवश्यक नभएको बताउँदै त्यस्तो योजना रद्द गर्न आदेश दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)