मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नुवाकोटमा सुमो दुर्घटना : आठजना घाइते, चारको अवस्था गम्भीर

baahrakhari.com · Thu Feb 26 17:32:00 GMT 2026

त्रिशूली (नुवाकोट) । नुवाकोटबाट काठमाडौं जाँदै गरेको सुमो बिहीबार शिवपुरी गाउँपालिका–५, कुखुरेमा दुर्घटना हुँदा आठजना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार, दुप्चेश्वर गाउँपालिका–४, जिम्टाङबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटना भएको हो । दुर्घटनामा ५० वर्षीय सम्तेन लामा, ४२ वर्षीय नेमा ग्याम्ते लामा, २७ वर्षीया कल्पना तामाङ र ४३ वर्षीया फूलमाया लामा गम्भीर घाइते भएका हुन् । उनीहरूको टाउको, छातीमा चोट लागेकाले उपचारका लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)