मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिमकोटमा टिकट विवाद समाधान: बिरामी, कर्मचारी र स्थानीयका लागि कोटा निर्धारण

ratopati.com · Sat Nov 15 23:41:00 GMT 2025

हुम्ला। सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।

सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वितरणमा पारदर्शी नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिट्ठाका आधारमा गर्दा टिकट वितरण गर्दा झन् समस्या आएको भन्दै आपत्ति व्यक्त गर्दै आएका थिए । यही विषयलाई लिएर उनीहरुले तीन निजी एयरलाइन्सका कार्यालयमा ताला लगाएका थिए । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकको निर्णयपश्चात् शनिबार नै ताला खोलिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)