आजै रातिदेखि नयाँ बसपार्कमा टिकट लिन यात्रुको लाइन
canadanepal.com · Thu Oct 08 17:32:32 GMT 2026

काठमाडौँ । दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ । सरकारले दसैँमा घर जानका लागि शुक्रबारदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबिच यही असोज २० गते मङ्गलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । केही जिल्लाका यात्रु भने आजै रातिदेखि टिकट लिन लाइनमा बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)