मेची भन्सारमा राजस्व संकलन बढ्दै, लक्ष्यको ९३ प्रतिशत बढी हासिल
nagariknews.nagariknetwork.com · Fri Aug 07 04:05:48 GMT 2026

राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व संकलन गरेको छ। पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ।
उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। उक्त अवधिमा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन करिब रु एक अर्ब ७४ करोड ६० लाखले वृद्धि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)