लोपोन्मुख आदिवासी जनजाति र दलित विद्यार्थीका लागि वैकल्पिक ऊर्जाले बाँड्यो इन्डक्सन चुलो
nepalsamaya.com · Thu Oct 08 17:40:54 GMT 2026

काठमाडौं। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गर्न सुरु गरेको छ। बिहीबार ताहाचलस्थित केन्द्रको परिसरमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल तथा ऊर्जा मन्त्रालयका प्रतिनिधिद्धय सुदन मानन्धर र समीर क्षेत्रीले छनोट भएका विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गरेका हुन्। सो अवसरमा बोल्दै निर्देशक ढकालले बिद्यार्थीहरुका जिज्ञासा मेटाउँदै ग्याँस भन्दा इन्डक्सन चुलो करिब ३२ देखि ४० प्रतिशतसम्म कम खर्च लाग्ने बताए। निर्देशक ढकालले चुलो प्राप्त गरेका बिद्यार्थीलाई बधाई समेत दिएका थिए।
ग्यास अभावको समयमा उपत्यका बाहिरबाट अध्ययनका लागि आएका विद्यार्थीलाई राहत पु¥याउने उद्देश्यले केन्द्रले इन्डक्सन चुलो वितरणका लागि आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनमध्ये २४७ विद्यार्थी छनोट भएका छन्। तीमध्ये बिहीबार ५१ विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गरिएको केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)