फोहोर–मैला व्यवस्थापन गर्न अध्ययन समिति गठन
deshsanchar.com · Sun Jan 22 17:06:40 GMT 2023
मोरङ – विभिन्न अस्पतालबाट निस्किने फोहोर–मैला दीर्घकालीन रूपमा व्यवस्थापन गर्न विराटनगर महानगरपालिकाले अध्ययन समिति गठन गरेको छ।
महानगरका अनुसार मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा निजी अस्पतालहरूको छाता संगठन अफिन, विराटनगरमा सञ्चालित मेडिकल कलेज, अस्पताल, नर्सिङहोम, ल्याब, पोलिक्लिनिक, मेडिकललगायत प्रतिनिधिको भेलाले समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)