मध्य म्यानमारमा भएको हवाई आक्रमणमा १८ जनाको मृत्यु
barnanmedia.com · Sat Dec 06 21:15:01 GMT 2025

मध्य म्यानमारको एक सहरमा शनिवार भएको हवाई आक्रमणमा कम्तीमा अठार जनाको मृत्यु भएको एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ताले बताएका छन् । घटनाको स्थानीय बासिन्दाले पनि पुष्टि गरेका छन् ।
सन् २०२१ मा सेनाले सैन्य ‘कु’ मार्फत् सत्ता कब्जा गरेदेखि म्यानमार गृहयुद्धले थिलथिलो भएको छ र यसको अनेकौँ ‘कु’ विरोधी लडाकुहरूसँगको लडाँइका क्रममा बारम्बार हवाई हमला भइरहेका छन् । सरकारी सेनाले गरेका यस्ता आक्रमणमा प्रायः सर्वसाधारणको मृत्यु हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)