भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु
reportersnepal.com · Fri Aug 07 04:53:54 GMT 2026

भद्रपुर (झापा), २२ साउन ।तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलाको पुल पुनर्निर्माण हुने भएको छ । बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्डअन्तर्गत पर्ने यो पुल निर्माणका लागि बुधबार नगरपालिकासँग निर्माण कम्पनीको सम्झौता सम्पन्न भएसँगै काम अघि बढ्ने भएको हो ।