मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोपेली च्याम्पियन्स लिग : पहिलो लेगमा पीएसजी र लाजियोको जित

ekantipur.com · Thu Feb 15 00:50:40 GMT 2024

पेरिस — युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लाजियोले बुधबार आ–आफ्नो घरमा जित निकालेका छन् । केयलिन एमबापेले गोलको खाता खोलेपछि पीएसजीले रियल सोसिडाडलाई २–० ले हरायो । फ्रान्सेली च्याम्पियनका लागि ब्राडली बारकोलाले दोस्रो गोल थपे ।

पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन् र सोसिडाडविरुद्ध पनि उसको खेल राम्रो रहन सकेन् । अर्को खेलमा लाजियोले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई १–० ले हरायो । बायर्न खेलको अन्त्यमा १० खेलाडीमा सीमित रहेको थियो । उपामेकानोलाई रातो कार्ड देखाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)