फरार प्रतिबादीहरु पक्राउ
annapurnapost.com · Fri Aug 07 04:54:28 GMT 2026

नुवाकोट : फैसला कार्यान्वयनको क्रममा नुवाकोटमा फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । कारवाहीका लागि जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा पेस गरिएको छ ।
नुवाकोट जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट बिभिन्न मितिमा फैसला भई फरार रहेका विभिन्न आठ वटा मुद्दाका आठ जना प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा वुधवार फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कानर्यालय नुवाकोटले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि नुवाकोट जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाई फैसला कार्यान्वयन गरिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)