यलुङ रि आधार शिविरमा दुईवटा शव फेला
kendrabindu.com · Fri Aug 07 05:03:54 GMT 2026

दोलखा । रोल्वालिङ हिमश्रृंखलाअन्तर्गतको यलुङ रि हिमालको आधार शिविरमा दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले यलुङ रि–आधार शिविरमा दुईवटा शव देखिएको बताए। दुवै शवको पहिचान भने हुन नसकेको उनले बताए।
उनका अनुसार ती शव गत वर्ष कात्तिक १७ गते यलुङ रि–आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता भएकाहरूको हुन सक्ने अनुमान गरिएको छ। यलुङ रि हिमाल आरोहणका क्रममा पाँच विदेशीसहित दुई नेपाली हिमपहिरोमा परेका थिए। गत वर्ष हिमपहिरोमा परेका दुई जनाको शव फेला परे पनि पाँच जना बेपत्ता थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)