पूर्वका ५ जिल्लामा शनिबार १२ घण्टा लोडसेडिङ
clickmandu.com · Fri Aug 07 05:02:19 GMT 2026

काठमाडौं, साउन २२। नेपाल विद्युत् प्राधिकरणले मोरङस्थित केरौन १३२/३३ के.भी. सबस्टेशन का उपकरणहरूको परीक्षण तथा सञ्चालन तथा दुहबी–दमक १३२ के.भी. प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नं. ६८ र ६९ बीच डेड एन्ड टावर जडान कार्य सम्पन्न गर्न शनिबार केही जिल्लामा अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
प्राधिकरणका अनुसार २०८३ साल साउन २३ गते शनिबार बिहान ४:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)