मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जम्मु–काश्मीरमा दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान सम्पन्न, ५५ प्रतिशत मतदान

barnanmedia.com · Wed Sep 25 21:52:22 UTC 2024

जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचनमा ५५ प्रतिशत मतदान भएको छ । केन्द्र शासित सो प्रदेशका ६ जिल्लाका २६ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको हो ।

निर्वाचन आयोगका अनुसार बेलुका ९ बजेसम्मको तथ्यांकअनुसार ५५ प्रतिशत मतदान भएको छ । यो पछिल्लो निर्वाचनका तुलनामा ५ प्रतिशत कम हो । सन् २०१४ मा ६० प्रतिशत मतदान भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)