मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लापसे गरी सवारी चलाउने पाँच चालक कारबाहीमा

gorkhapatraonline.com · Thu Oct 08 17:43:09 GMT 2026

हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरमा लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने पाँच चालक कारबाहीमा परेका छन् । सवारी दुर्घटना तथा क्षति न्यूनीकरणका लागि बिहीबार ६४ जना चालकको स्वास्थ्य परीक्षण तथा लापसे जाँच गर्दा पाँच जनाको परीक्षण नतिजा पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

लापसे गरेको पाइएका चालकमा रौतहट चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय राजु चौधरी, रौतहट–२ बस्ने बारा निजगढ नगरपालिका–३ का २३ वर्षीय विनोद राउत, बारा करहिया गाउँपालिका–८ का २४ वर्षीय सुनिल यादव, बारा सिम्रौनगढ नगरपालिका–६ का २७ वर्षीय विशाल साह र रौतहट गुजरा नगरपालिका–१ का २५ वर्षीय निरे चौधरी रहेका छन् । उनीहरू क्रमशः प्र.२–०३–००१ च ४३४३, प्र.२–०३–००१ च ४३३७, प्र.२–०३–००१ च ३६३८, ना.१ ज २१६७ र बा.प्र.०१–०२६ च ५५७१ नम्बरका सवारीसाधनका चालक रहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)