सिड्नीमा परराष्ट्रमन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट
gorkhapatraonline.com · Thu Oct 08 16:22:26 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालसँग अष्ट्रेलियाको न्यू साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा भेटवार्ता गर्नुभएको छ ।
आज भएको भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै गएको विनाशकारी बाढी तथा विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । उहाँले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि न्यू साउथ वेल्स सरकार नेपाललाई सहयोग गर्न तयार रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)