मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
ratopati.com · Thu Oct 08 18:40:37 GMT 2026

दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमही निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी छन् । बिहीबार मन्त्री मेहतासहितको टोलीले निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी हुन् ।
त्यस अवसरमा मन्त्री मेहताले ट्रमा सेन्टर सञ्चालनका सम्बन्धमा छिट्टै निर्णय गरिने बताउनुभयो । प्रादेशिकस्तरको उक्त ट्रमा सेन्टरको भौतिक संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने तयारी छ । करिब रु २२ करोड लागतमा उक्त ट्रमा सेन्टर निर्माण हुँदैछ । हाल भौतिक प्रगति ७४ प्रतिशत बराबर पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)