गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित
gorkhapatraonline.com · Thu Oct 08 18:36:45 GMT 2026

बाढीपहिरोका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा दुई सातादेखि सवारी आवागमन प्रभावित बनेको छ । कालीगण्डकी नदीमा आएको बाढीले लोकमार्गको पर्वत–बागलुङ जोड्ने मालढुङ्गा पुल र करिडोरअन्तर्गत म्याग्दी खण्डको पोखरेबगर पुलमा क्षति पुर्याएपछि दुवै सडकमार्गमा सिधा यातायात सेवा बन्द छ ।
चाडबाड नजिकिँदै गरेको अवस्थामा मुख्य सडकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । महँगो भाडा तिरेर घुमाउरो वैकल्पिक सडकबाट यात्रा गर्नुपर्ने बाध्यता छ । सडक सञ्जाल टुट्दा मुख्य याममै पर्यटकीय गतिविधि पनि न्यून देखिएका छन् । ढुवानी प्रभावित हुँदा बजारमा मालसामानको भाउ बढेको छ । मध्यपहाडका अधिकांश जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य सडकमार्ग अवरुद्ध हुँदा बिरामी र अशक्त झनै अफ्टेरोमा परेका स्थानीय बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)