मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने

ratopati.com · Mon Jun 08 12:19:22 GMT 2026

काठमाडौँ । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको स्यालापाखा–मुसिकोट सडक खण्ड १५ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले एक सूचना जारी गर्दै सडक मर्मत तथा ढलान कार्यका लागि यातायात आवगमन बन्द गरिएको जानकारी दिएको छ।

सडक डिभिजनका अनुसार, चौरजहारी नगरपालिका – ३ को टाटागाउँ स्यालखोलादेखि मटेलातर्फ जोड्ने सडकमा ढलान कार्य गर्नुपर्ने भएकाले मिति २०८३ जेठ २५ गतेदेखि असार १० गतेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)