निलम्बनमा परे वीरगञ्ज महानगरपालिकाका मेयर सिंह
nepalviews.com · Mon Jun 08 12:18:00 GMT 2026

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बनमा परेको हो ।
अन्य व्यक्तिकी छोरीलाई झुट्टा विवरण पेस गरी नागरिकता दिलाएको आरोपमा अख्तियारले नगर प्रमुख सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
राजेशमान सिंह
अख्तियार दुरुपयोग अनुसन्धान आयोग