आतिशी नेतृत्वको दिल्ली सरकारद्वारा कामदारहरूको न्यूनतम पारिश्रमिक बढाउने निर्णय
barnanmedia.com · Wed Sep 25 22:08:37 UTC 2024

दिल्ली सरकारले अकुशल, अर्ध–दक्ष र दक्ष कामदारहरूको न्यूनतम पारिश्रमिक क्रमशः १८ हजार ६६, १९ हजार नौ सय २९ र २१ हजार नौ सय १७ रुपैयाँ प्रतिमहिना बढाउने निर्णय गरेको छ । दिल्लीका मुख्यमन्त्री आतिशी र श्रममन्त्री मुकेश अहलावतले बुधबार पत्रकार सम्मेलन गरी पारिश्रमिक वृद्धिको सूचना दिएका हुन् ।
आतिशीले भनिन्, “पारिश्रमिक वृद्धिबारे सबैलाई जानकारी गराउन चाहन्छु । अरविन्द केजरीवालको सरकारले देशमा सबैभन्दा बढी न्यूनतम पारिश्रमिक दिएको छ । बीजेपीले सधैं गरिबहरूको विरुद्धमा काम गरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)