मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओमिक्रोनका कारण ‘ग्रामी अवार्ड शो’ स्थगित

deshsanchar.com · Thu Jan 06 03:00:34 GMT 2022

एजेन्सी – अमेरिकामा जनवरीमा तय भएको ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण सरेको छ। आयोजक रेकर्डिङ एकेडेमी एण्ड सीबीएसले एक विज्ञप्ति जारी गर्दै ओमिक्रोन भाइरसको संक्रमणले धेरै जोखिमको अर्थ राख्ने भएकाले हालका लागि स्थगित गरिएको जनाएको छ।

संगीतको ठूलो उत्सवको रुपमा लिइने यो अवार्ड ३१ जनवरीमा लसएञ्जल्समा हुँदै थियो। आयोजकले यसको अवार्ड कार्यक्रमको नयाँ मिति चाँडै सार्वजनिक गरिने जनाएको छ। ‘स्वास्थ्य र संगीत समुदायको सुरक्षा, प्रत्यक्ष दर्शक तथा सयौं कामदार हाम्रा प्रमुख प्राथमिकता हुन्’, आयोजकले भनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)